ज्याेतिष

हरेक आइतबार गर्नुहोस् यी काम

By खबरहब

March 13, 2022

आइतबार (आज) साताको पहिलो दिन । ज्योतिष शास्त्रका अनुसार आइतबार गरिएका कामले हप्ता भरि सफलताको कदम चुम्ने छ । धार्मिक मान्यताका अनुसार आइतवार भगवान सूर्यको पूजा उपासना गर्नु आवश्यक हुन्छ ।

शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैं विहान सूर्य देवलाई अर्घ्य दिन्छ उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन ।

यदी तपाईंलाई सधै यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस् ।

शास्त्रमा दानको ठूलो महत्व दर्साइएको छ । आफ्नो सामर्थ्य अनुसार तामाको भाँडा, रातो कपडा, गहुँ, शखर र रातो चन्दन दान गर्दा पुण्य मिल्ने छ ।

ननुहाइकन सूर्य भगवानलाई जल अर्पण नगर्नुहोस् ।

आइतबारको दिन भगवान सूर्यलाई अर्घ्य दिएर दिनको शुरुवात गरेको खण्डमा साता भर सफता मिल्ने धार्मिक मान्यता रहेको छ ।