फाइल फोटो

अन्तर्राष्ट्रिय

रुसी सेनाले नै भन्यो – युक्रेनमा मानवीय अवस्था डरलाग्दो

By खबरहब

March 13, 2022

किभ – युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रँदै गएको र धेरै सहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ ।

युक्रेनमाथि रुसी हमलाको १७औँ दिन शनिबार ‘विशेष सैन्य कारबाही’का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो ।

‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रँदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ’,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भनेका छन्।

युक्रेन राष्ट्रबादी आवासीय क्षेत्रमा बिस्फोटक पदार्थहरु बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरु भत्काइदिँदा सर्वसाधारण नागरिक विद्युत्, पानी, खाद्यान्न र औषधिबाट वञ्चित भएको उनले बताए ।

दक्षिणपूर्वी बन्दरगाह सहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रबादीहरुले घेरा हालेको सहरमा लाखौँ मानिस फँसेको उनले बताए । ‘विदेशीसहित लाखौँ मानिसहरूलाई राष्ट्रबादीहरुले नियन्त्रणमा लिएका छन् ’, उनले भने ।

युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे ।