खेलकुद

मिलानलाई पाँच अंकको अग्रता, युभेन्ट्स विजयी

By खबरहब

March 13, 2022

काठमाडौँ – इम्पोलीबिरुद्द १-० अन्तरको जितसँगै इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ।

शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै शीर्ष स्थानको मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ । दुई खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलनको ५८ अंक छ । इम्पोली ३२ अंक जोडेर १३ औं स्थानमा छ ।

गए राति नै भएको अर्को खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-१ अन्तरले पराजित गर्दै शीर्ष चारमा बलियो पकड जमायो । भ्रमणकारी टोली युभेन्ट्सको जितमा अल्भारो मोरटाले दुई गोल गरे । एक गोल उपहार पायो । साम्पडोरीयाका माया योसिदाले आत्माघाती गोल गरे ।

जितसंगै युभेन्ट्स २९ खेलबाट ५६ अंक सहित चौथो स्थानमा छ ।