खेलकुद

होफेनहाइमसँग बराबरीमा रोकियो बायर्न

By खबरहब

March 13, 2022

काठमाडौँ – शीर्ष स्थानको बायर्न म्युनिख होफेनहाइमसँग बराबरीमा रोकिएको छ ।

जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।

घरेलु टोलीका क्रिस्टोफ बउम्गार्थेरले गोल गर्दै ३२औं मिनेटमा होफेनहाइमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा पुर्‍याए ।

बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् ।

बराबरीसँगै बायर्नले २६ खेलमा ६० अंक जोडेर शीर्ष स्थानमा कायम छ । होफेनहाइम ४४ अंक साथ पाँचौं स्थानमा छ ।