बलिउड/हलिउड

झुण्ड : एक परिवर्तनको संकेत

By प्रदीप कार्की

March 13, 2022

फिल्म ‘झुण्ड’ प्रदर्शनरत छ। भारतमा सुकुम्बासी बस्ती केन्द्रीत भएर फुटबलसम्बन्धी संस्था खोल्ने विजय बार्सेको जीवनमा आधारित फिल्म ‘झुण्ड’ को आकर्षण भनेकै अमिताभ बच्चन र निर्देशक नागराज मञ्जुले हुन्। अमिताभको फ्यान फ्लोईङ चर्चा गर्नै पर्दैन भने नागराजले ‘सैराट’ जस्तो मराठी फिल्म निर्देशन गरेर आफ्नो प्रतिभा प्रस्ट्याइसकेका छन्। मराठी फिल्म निर्देशन गर्दै आफ्नो करियर अगाडि बढाई रहेका नागराजको हिन्दी भाषाको फिल्ममा यो डेब्यु हो।

‘झुण्ड’ मा विजय बार्सेको भूमिका अमिताभले निर्वाह गरेका छन्। यो उनको जीवनमा आधारित ‘स्पोर्टस् ड्रामा’ फिल्म हो। बार्सेले ‘स्लम सक्कर’ नामक गैरसरकारी संस्था चलाएका थिए। उक्त संस्थाबाट उनले अल्पसंख्यक समुदाय र भारतका सुकुम्बासी बस्तीका युवा तथा बालबालिकाको जीवनमा खेलकुदबाट परिवर्तन ल्याउने काम गरेका थिए। सुकुम्बासी बस्तीमा रहेका उदेश्यहिन युवा तथा बालबालिकालाई खेलको माध्यमबाट जीवनमा परिवर्तन ल्याउने कथालाई फिल्ममा देखाइएको छ।

फिल्मको एक दृश्यमा बस्तीका एक युवा आत्महत्याको प्रयासमा रेलको लिकमा हुन्छन्। आफ्नो गरिबी र जीवन जिउने चाहना समाप्त भएपछि उनले हिम्मत गरेर आफूलाई समाप्त गर्न आएका हुन्छन्। तर, उनले त्यसो गर्न सक्दैनन्। प्राण त्याग्न नसकेपछि उनी कसैगरी विजयले आयोजना गरेको फुटबल टुर्नामेन्टमा आइपुग्छन्। त्यहाँ आफू जस्तै सुकुम्बासीका युवाको खेल देखेर अडिएका ती युवालाई खेल खेल्ने प्रस्ताव आउछ। एक टिममा गोल किपरको अभाव भएपछि उनले त्यहाँ मौका पाउछन्। फलत उनी खेलको माध्यमबाट आफ्नो जीवनको नैराश्यता हटाउन सफल हुन्छन्। फिल्मको मुख्य सार नै यही हो। खेलको माध्यमले जीवन परिवर्तन गर्न सकिन्छ।

खेलले आफ्नो जीवनको नैराश्यता हटाउन सफल हुन्छन्। खेलको माध्यमले जीवन परिवर्तन गर्न सकिन्छ भन्नु नै फिल्मको मुख्य सार नै यही हो।

हामीले समस्या त धेरै नै देख्छौँ । यद्यपि त्यसको समाधानमा कहिले अग्रसर भयौ त ? यो प्रश्न फिल्म ‘झुण्ड’ ले उब्जाउछ। फिल्ममा एक रिटायर्ड हुन् लागेका शिक्षकले सुकुम्बासी बस्तीका युवामा ल्याउने परिवर्तनलाई देखाइएको छ। यसले धेरै प्रश्न र तीनको समाधान बताउछ। ‘सैराट’ मा निर्देशक नागराजले हाम्रो समाजको तीतो समस्यालाई देखाएका थिए। यसपटक समस्या र त्यसमा ल्याउने सकिने परिवर्तनको संकेत गरेका छन्।

फिल्म विजय बार्सेको जीवनसँग प्रभावित त छ नै। उनले यसलाई विश्वव्यापी बनाउने प्रयास गरेका छन्। एक साधारण शिक्षकले कसरी बस्तीमा रहेका लक्ष्यहिन युवाको गलत आदत छुटाएर उदेश्यको मार्गमा पुर्याउछ भन्ने कथालाई फिल्ममा जीवन्त रुपमा निर्देशक नागराजले उतारेका छन्। फिल्मको सुरुवातमै दुई समाजलाई देखाइन्छ। त्यहाँ दुई समाजको बीचमा केही फिटको पर्खाल छ। तर , ती दुई समाजमा रहेको अन्तर धेरै नै छ। एकातर्फ शिक्षित समाज छन् भने अर्को तर्फ बाच्नलाई संघर्ष गर्ने बस्ती।

निर्देशक दुई समाज बीचको पर्खालले धेरै तथ्यलाई दर्शाएका छन्। बस्तीमा बस्ने युवा सामाजिक रुपमा ठिक छैनन्। तिनलाई फोहोरले निम्त्याउने रोगको डर छ। जीविका चलाउनलाई रेलबाट कोइला मात्र चोर्दैनन्, मोबाइलसँगै चेन, घडी लगायतका मूल्यवान वस्तु पनि उठाउछन्। यद्दपी यिनीहरुमा एक चिज समान छ , त्यो हो खेल। एक पटक त्यो बस्तीमा पुगेका विजयले त्यहाँका बच्चाले खेलेको खेल देख्छन्। यद्दपी तिनीसँग फुटबल हुँदैन। तर, टेक्निक हुन्छ। आफ्नै शैलीमा।

त्यो देखेपछि उनले फुटबल लिएर ती युवाहरु समक्ष पुगेर प्रस्ताव राख्छन्। ‘तिमीहरुले ३० मिनेट फुटबल खेल्यौ भने म पाँच सय रुपैयाँ दिन्छु’, विजयले राखेको यस्तो प्रस्तावमा पत्यार गर्दैनन्। पैसा पाउने आशमा त्यहाँ रहेका बच्चा तथा युवाले फुटबल खेल्छन्। केही जुवा त, केही तास, त केही नशा गरिरहेका सम्पूर्ण युवा फुटबल खेल्न पुग्छन्। विजयले ती युवालाई गलत बाटोबाट हटाउन नै यस्तो गरेका हुन्छन्।

विजय त्यहाँ पुगेपछि बच्चा र युवायुवतीले गर्ने व्यवहारले पटक्कै फरक पार्दैन। किनकी उनलाई थाहा छ, उनी त्यहाँ के गर्दैछन् भन्ने। विस्तारै केही दिन फुटबल खेलेपछि ती बस्तीमा रहेका युवायुवतीसँगै बच्चालाई फुटबल खेल्ने बानी लाग्छ। उनीहरु नशा मात्र गर्न छोडदैनन्, जुवा ताससँगै चोरी समेत छाडेर उक्त समय फुटबललाई दिन्छन्। यो देखेपछि एक दिन विजय फुटबल लिएर पुग्दैनन्। निर्धारित समयमा फुटबल लिएर विजय नआएपछि ती टोली उनको घर खोज्दै पुग्छन्।

फिल्ममा एक रिटायर्ड हुन् लागेका शिक्षकले सुकुम्बासी बस्तीका युवामा ल्याउने परिवर्तनलाई देखाइएको छ। यसले धेरै प्रश्न र तीनको समाधान खोजेको छ।

विजयले आफूसँग पैसा नभएकोले नआएको उल्लेख गर्छन्। त्यो भीडलाई लत लागिसकेको छ। त्यसैले उनीहरु उधारो वा सित्तैमा फुटबल खेल्न प्रतिबद्ध रहेको भन्दै बल माग्छन्। यहाँ आएर विजयको सपनाले एक खुड्किलो पार गर्छ। त्यसपछि उनले ती टिमलाई खेलको सामान्य ज्ञान दिन्छन्। साधारण स्पोर्ट्स टिचर भएता पनि उनलाई ती युवायुवतीमा बदलाव नजर आउछ।

यसै क्रममा उनले शिक्षित समाजमा रहेको कलेजका विद्यार्थीसँग फुटबल खेलाउने तयारी गर्छन्। रिटायर्ड हुन् लागेकोले उनलाई सजिलै अनुमति प्राप्त हुन्छ। त्यहाँ खेलमा बस्तीको टिमले प्रशिक्षण लिइरहेका टिमलाई हराएपछि विजयलाई ‘टुर्नामेन्ट’ गर्ने आइडिया आउछ। उनले विभिन्न उपाए गरेर टुर्नामेन्टको अनुमति लिन्छन्। बस्तीमै रहेका भारतका सम्पूर्ण खेलाडीलाई त्यहाँ बोलाइन्छ र टुर्नामेन्ट गराइन्छ।

सुरुवाती दिनमा टुर्नामेन्ट भइरहेको कलेजलाई ती बस्तीबाट आएकाले आफू झैँ बनाउन खोज्छन्। तर, एक पटक म्याचकै समयमा झगडा भएपछि ती बस्तीका खेलाडीमा आउने सुधारले विजयलाई खुसी पार्छ। त्यसपछि विश्वभरका ‘बस्तीका टिम’ को वल्र्डकपसम्म खेलाडी पुर्याउन गर्नु पर्ने संघर्षलाई फिल्ममा देखाइएको छ। एक गरिब छोरी, तीन सन्तानकी आमा, अपराधमा लागेको युवालाई कसरी खेलको माध्यमले सकारात्मक बाटोतर्फ लगाउन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ।

सरकारले गर्नुपर्ने कामलाई एक व्यक्तिले कसरी गर्न सके भन्ने मात्र दर्साइएको छैन। सल्मडगहरुको वर्ल्डकपमा सहभागी हुन विदेश जानु पर्दा खर्च जुटाउन भएको समस्या , पासपोर्ट बनाउन भोग्नु पर्ने समस्यालाई पनि देखाइएको छ। यसले सरकारी संयन्त्र कस्तो छ ? भन्ने पनि दर्शाएको छ। यति मात्र नभई फिल्मको एक दृश्यमा ‘वर्ल्ड कप’ खेल्न विदेश जान खर्च जुटाइरहेको समयमा एक व्यक्ति सहयोग गर्न आउने दृश्य निकै सशक्त छ। केही समय अगाडि बस्तीका बच्चालाई चन्दा दिन अस्वीकार गरेका एक व्यवसायी उनीहरुको सदमार्गमा भने साथ रहेको दृश्य प्रशंसनीय छ। त्यहाँ समाजले मोटिभेट गर्ने पात्र छन् भन्ने देखाइएको छ।

एक गरिब छोरी, तीन सन्तानकी आमा, अपराधमा लागेको युवालाई कसरी खेलको माध्यमले सकारात्मक बाटोतर्फ लगाउन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ।

यसमा अभिनय गर्ने कलाकारमा परिचित अमिताभ हुन्। उनीबाहेक केही अधिकारीका भूमिकामा चिनिएको अनुहार देखिएता पनि अन्य फ्रेस देखिन्छन्। नयाँ कलाकारले निर्वाह गरेको भूमिका जीवन्त छ। फिल्मको कास्टिङलाई निर्देशक नागराजले निकै सोच विचार गरेर कास्ट गरेका छन्। फिल्मले सुरुवाती समयमा देखाएको समस्याको समाधान पनि ‘क्लाइमेक्स’ मा देखाएको छ।

अशिक्षित समूहलाई शिक्षित समूहले वे–वास्ता गर्दा र वास्ता गर्दा आउने परिणामलाई यसमा देखाइएको छ। नागराजले अघिल्लो फिल्म ‘सैराट’ झैँ यसबाट पनि दर्शकको मस्तिस्कमा आफ्नो छाप छाड्न सफल भएका छन्। उनकै लेखन रहेको फिल्मले मनोरञ्जन पनि दिन्छ। तर, त्यसको तरिका फरक छ। यो फिल्मले तपाईंलाई गलतबाट सहितर्फ ध्यान केन्द्रीत गर्न सहयोग गर्छ। यसले तपाईंलाई समस्यासँग भाग्न नभई डटेर अगाडि बढ्न सुझाउछ। फिल्ममा अमिताभसँगै रिन्कु राजगुरु, आकाश थोसर, बिक्री कदैन, गनेश देशमुख लगायतका कलाकारको अभिनय छ।

यो फिल्मले ‘झुण्ड’ भएर लयहीन रहेका युवालाई ‘टिम’ बनाएर उदेश्य कसरी दिइन्छ भन्ने सन्देशलाई फिल्मी शैलीमा प्रस्तुत गरेको छ। त्यसैले त फिल्म हेरिसकेपछि पनि तपाईंलाई अमिताभले बोल्ने डायलग याद आउँछ, ‘झुण्ड नहीं, टिम कहिए।’

यो फिल्मले ‘झुण्ड’ भएर लयहीन रहेका युवालाई ‘टिम’ बनाएर उदेश्य कसरी दिइन्छ भन्ने सन्देशलाई फिल्मी शैलीमा प्रस्तुत गरेको छ। त्यसैले त फिल्म हेरिसकेपछि पनि तपार्इंलाई अमिताभले बोल्ने डायलग याद आउँछ, ‘झुण्ड नहीं, टिम कहिए।’