लण्डन – बेलायतको रिकमेन्सवर्थको प्रिमियर इनमा सहकर्मीलाई छुरा प्रहार गर्ने नेपाली शेफलाई मानसिक स्वास्थ्य ऐनअन्तर्गत पक्राउ गरिएको छ ।
प्यारानोइड सिजोफ्रेनिया रोग लागेको २७ वर्षीय अरुण पुर्जाले होटेलको लबीमा महिलामाथि आक्रमण गरेको बेलायतको स्थानीय अनलाइन हट्सलाईभले उल्लेख गरेको छ । उसले ती महिलाबाट धम्कीपूर्ण आवाज सुनेपछि आक्रमण गरेको बताइएको छ ।
सेन्ट अल्बान्स क्राउन कोर्टले उसले ती महिलालाई कार्यालयबाट पिछा गरी ढाडमा चक्कु प्रहार गरेकोमा सुनवाइ गरेको थियो ।
सुरुमा ती महिलालाई सामान्य चोट लागे पनि पछि चक्कु प्रकारले उनको शरीरमा क्षतविक्षत भएको छ ।
यसअघि केम्प्टन एभिन्यू‚ होर्नचर्च‚ लन्डनमा बस्ने पूर्जा सजायको लागि साउथल‚ पश्चिम लन्डनको सेन्ट बर्नार्ड अस्पतालको एक मध्यम सुरक्षित इकाई हाजिर भएका थिए ।
गत वर्ष डिसेम्बर २३ मा भएको सुनुवाइमा उनले नियतले घाइते बनाएको स्वीकार गरेका थिए।
अभियोजक म्याथ्यु वाल्सले गत वर्ष सेप्टेम्बर ५ मा नेपालीमा बोल्ने र धम्की दिने आवाज सुनेपछि पुर्जालाई घर जान भनिएको थियो ।
-हर्टफोर्डशायरमर्करीबाट