फाइल फोटो

राजनीति

एमाले अझै संसद् विघटन गराउन चाहन्छ : प्रचण्ड

By खबरहब

March 13, 2022

काठमाडौँ – नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले अझै पनि संसद् विघटन गराउन चाहिरहेको आरोप लगाएका छन् ।

प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, ‘हामीले पटक संसद विघटन गराउने प्रयासलाई रोक्यौँ, अहिले पनि एमाले सोही खेलमै छ, त्यसैले संसदमा अवरोध जारी राखेको छ।’

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्ने एमालेको तर्क नै गलत रहेको उनले टिप्पणी गरे ।

निर्वाचनपछि एमसीसीको विवादलाई छलफल गरेर टुंग्याउने बताएका प्रचण्डले एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिए ।