खेलकुद

जीपी कोइराला फाउण्डेसनद्वारा तेक्वान्दो प्रतियोगिताको आयोजना

By खबरहब

March 13, 2022

काठमाडौँ– गिरिजाप्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिताको आयोजन गर्ने भएको छ ।

पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालाको १२ औँ स्मृति दिवसको अवसरमा ‘जीपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिप २०२२’ हुन लागेको हो ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी फाउण्डेशनले प्रतियोगिताबारे जानकारी दिएको छ । चैत्र ५ र ६ गते दशरथ रंगशालामा हुने प्रतियोगितामा ७ प्रदेश र २ विभागीय टिमका त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलले सहभागिता जनाउने जनाइएको छ ।

विभिन्न तौल समूहमा खेलाइने प्रतियोगिताका विजेताहरूले ५००, ३०० र २०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै, मेडल र प्रमाणपत्र पनि दिइने फाउण्डेशनका युवा तथा खेलकुद विभाग बागमती प्रदेश संयोजक तुलसी थापा मगरले जानकारी दिए ।