आर्थिक

एनआईसी एसिया क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा सुरु

By खबरहब

March 13, 2022

काठमाडौँ– एनआईसी एसिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले नेपालमा पहिलोपटक मर्चेन्ड बैंकिङ सेवाअन्तर्गत यो सेवा सञ्चालन गरेको हो ।

विशेषगरी यो सेवा कृषि, जलविद्युत, होटल तथा पर्यटन, स्वास्थ्य सेवा, कपडा/पोशाक, व्यापार तथा उत्पादन, खनिजमा आधारित, फिनटेक, औषधि, उर्जा, ई–कमर्स, निर्माण तथा आतिथ्य लगायतका क्षेत्रमा प्रचलित कानुनबमोजिम स्थापना भएका सम्पूर्ण कम्पनीहरूले लिन सक्ने पनि क्यापिटलले जनाएको छ ।

आईडीया टु आईपीओ सेवाले जुन सुकै अवस्थामा रहेका कम्पनीहरूलाई सहजै आईपीओ (प्राथमिक सार्वजनिक निष्कासन) जारी गर्ने अवस्थामा पुर्‍याउन सहयोग गर्नेसमेत क्यापिटलले जनाएको छ ।