तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

रुसी आक्रमणविरुद्ध किभको प्रतिरक्षा गर्न युक्रेनको तयारी

By खबरहब

March 13, 2022

काठमाडौं- युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि तयारी गरेको समाचार छ ।  रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मबल रुससँग नभएको बताएका छन् ।

मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो । रणनीतिक बन्दरगाह सहर मारिउपोलले “मानवीय प्रकोप“ को सामना गरिरहेको जनाइएको छ । त्यहाँ रुसले गरेको आक्रमणमा परी १ हजार पाँच सय भन्दा बढी नागरिक मारिएका छन् ।

लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरिउपोल अझै पनि घेरिएको छ ।

“दुर्भाग्यवश, युक्रेनमा मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गइरहेको छ, र केही शहरहरूमा यो विनाशकारी अनुपातमा पुगेको छ,“ रुसी राष्ट्रिय रक्षा नियन्त्रणका प्रमुखले बताएका छन् । (राससबाट)