समाचार

लोकसेवा आयोगमा नासुका परीक्षार्थीहरूको धर्ना

By खबरहब

March 13, 2022

काठमाडौँ– नायव सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता परीक्षा तत्काल सञ्चालनको माग गर्दै लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

लिखित परीक्षामा उत्तीर्ण गरेका नायव सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता तत्काल लिन माग गर्दै आइतबार धर्ना दिएका हुन् ।

परीक्षार्थीहरूले लोकसेवाको उदासिनताका कारण आफूहरूको भविष्य अन्यौलमा परेको गुनासो गरेका छन् ।

यसअघि अदालतमा मुद्दा परेपछि गत भदांैदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो ।

रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशिघ्र सञ्चालन गर्न आदेश आइसकेको भए पनि आयोगले काम अघि नबढाएको उम्मेदवार पदम खत्रीले बताए ।

यता, आयोगका प्रवक्ता तोयनारायण सुवेदीले सर्वोच्चको आदेशका कारण परीक्षाहरू रोकिएको बताए ।