फाईल फोटो

राजनीति

जसपाको केन्द्रीय समिति बैठक सुरु

By खबरहब

March 13, 2022

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु भएको छ ।

आइतबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिकाका साथै विभिन्न प्रतिवेदन पेश गरिएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले निर्वाचन निर्देशिका, संगठनात्मक प्रस्ताव र देशको राजनीतिक तथा समसामयिक परिस्थितिबारे छलफल केन्द्रित रहेको बताए ।

आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागितामा बैठकमा विस्तृत रूपमा छलफल हुने पनि उनले जानकारी दिए ।

बैठक सोमबारसम्म चल्ने जसपाले जनाएको छ ।