समाचार

२४ घण्टामा थपिए ६५ जना कोरोना संक्रमित, मृत्यु शून्य

By खबरहब

March 13, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र एक हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जना गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने १९२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित रहेका छन्।