फाइल फोटो

राजनीति

महाअभियोग प्रस्तावमाथि समितिमा हुने छलफलमा भाग लिन्छौँः नेम्वाङ

By खबरहब

March 13, 2022

काठमाडौँ– नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि समितिमा हुने छलफलमा भाग लिने जनाएका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरूले सदन अवरुद्ध गरिरहेको अवस्थामा महाभियोगका विषयमा समितिमा हुने छलफलमा कुनै असर नपर्ने बताएका हुन् ।

उनले जबराविरुद्धको महाभियोगको प्रस्तावमाथि एमालेले भाग लिने र उचित निर्णय गर्नेसमेत बताएका छन् ।