फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण

By खबरहब

March 13, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४ तथा ललितपुरमा ३ जना संक्रमित थपिएका हुन्। त्यस्तै भक्तपुरमा आज कोहिपनि संक्रमित भएका छैनन्।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।