राजनीति

महाअभियोग प्रस्ताव एकमतले पारित हुन्छः खनाल

By खबरहब

March 13, 2022

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव एकमतले पारित हुने दाबी गरेका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाअभियोग प्रस्ताव एकमतले पारित हुने र यसमा एमालेको पनि सहयोग रहने बताएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमाथि सदनको अर्काे बैठकमा छलफल हुने तय भएको छ ।