तस्वीर- द एक्सप्रेस ट्राइब्युन

अन्तर्राष्ट्रिय

पाकिस्तानमा विष्फोट, तीन जना मारिए

By खबरहब

March 13, 2022

काठमाडौं- पाकिस्तानको बलोचिस्तान प्रान्तको क्वेट्टा शहरमा भएको बम आक्रमणमा तीन जनाको मृत्यु भएको छ । क्वेट्टाको फातिमा जिन्नाह रोडमा रिमोट कन्ट्रोल बम विष्फोट भएको हो ।

आक्रमणमा अरु २५ जना घाइते भएको पाकिस्तानको डन पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।

प्रहरी गस्तीलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ । हालसम्म आक्रमणको जिम्मा कुनै समूहले पनि लिएको छैन यद्यपि पाकिस्तानमा सक्रिय आतंकवादी संगठन तहरिक ए तालिबान पाकिस्तानले नियमित रुपमा यस्ता आक्रमणहरु गर्दै आएको छ ।

विशेषज्ञहरुले सुरक्षाकर्मीहरु यस्ता सरकारविरोधी आक्रमणको प्रमुख निशानामा रहँदै आएको बताउँदै राज्यको प्रतिआतंकवाद गुप्तचर एकाईको प्रयासलाई बढाउनु पर्नेमा जोड दिएका छन् ।

सरकार निकायहरुको असफलताका कारण यस्ता आक्रमणविरुद्ध निर्णायक कदम चालिनुपर्ने विज्ञहरुको भनाइ छ ।