फाइल फोटो स्रोत– क्वलालम्पुर टुरिजम ब्यूरो

प्रवास

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला

By खबरहब

March 13, 2022

काठमाडौँ- सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ। 

दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति  बन्द थियो । मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन्।

वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको छ।