समाचार

तनहुँ आँबुखैरेनी दुर्घटना अपडेटः मृतक तीनै जनाको पहिचान खुल्यो

By खबरहब

March 13, 2022

तनहुँ– तनहुँको आँबुखैरेनीमा भएको दुर्घटना मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा चीपका चालक तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का ३६ बर्षीय ओमप्रकाश गुरुङ र ४५ वर्षीय लक्ष्मीकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ७३ वर्षीय रुद्रबहादुर सेन ठकुरीको यसअघि नै पहिचान खुलेको थियो ।

तीनै जनाको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस र जीप ठोक्किएर दुर्घटना भएको हो ।

चितवनबाट पोखरातर्फ आउँदै गरेको ग. २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ग. ३ च ६०१२ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।