अटो

होन्डाले मोटरसाइकल तथा स्कुटरको सट्टापट्टा(एक्स्चेन्ज क्याम्प)आयोजना गर्दै

By खबरहब

March 13, 2022

काठमाडौं-  स्याकार ट्रेडिङ कम्पनी मार्फत सञ्चालन भएको होन्डाले बजारमा  होन्डा मोटरसाइकल  तथा स्कुटरहरूको सट्टापट्टा (एक्स्चेन्ज क्याम्प) आयोजना  गर्ने भएको छ । 

काठमाडौं उपत्यकाका होन्डा सोरुमहरूबाट फागुन २२ देखि चैत्र १७ गतेसम्म सट्टापट्टा सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

सट्टापट्टा अवधिभर ग्राहकले जुनसुकै कम्पनीको मोटरसाइकल तथा  स्कुटर सट्टा गरी होन्डाको  कुनै पनि मोटरसाइकल वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी दियो ।

कम्पनीका अनुसार, ग्राहकले आफ्नो सवारीसाधनको सट्टामा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा सात हजार रुपैयाँ अतिरिक्त बोनस पाउने कम्पनीले जनाएको छ ।