राजनीति

प्रचण्डको दुखेसो– गिरिजालाई राष्ट्रपति किन नबनाएँ, कटवाललाई किन हटाएँ

By खबरहब

March 13, 2022

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर र तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएर गल्ती गरेको बताएका छन् ।

विराटनगरमा आज भएको पार्टीको प्रदेश १ स्तरीय प्रशिक्षणमा अध्यक्ष प्रचण्डले कोइरालालाई राष्ट्रपति बनाए हुन्थ्यो भन्दै त्यसबेला कटवाललाई किन हटाएको होला भनेर आत्मलोचना गरेका हुन् ।

उनले भने, ‘त्यो बुढो मान्छेलाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो होला ? तीन महिनामा जाँदै गरेको रुक्मांगद कटवाललाई किन हटाएको होला ? थुक्क मेरो बुद्धि !’

प्रचण्डले त्यसबेला डा. बाबुराम भट्टराई र नेता रामबहादुर थापा बादलले कर गरेकाले यस्तो निर्णय लिनुपरेको पनि बताए ।

उनीहरूको पछाडि लाग्दा त्यसबेला सरकार गुमेको भन्दै उनले पश्चातापसमेत गरे ।