समाचार

साउदीका राजकुमार भोलि नेपाल आउँदै

By खबरहब

March 13, 2022

काठमाडौं- साउदी अरेबिया अधिराज्यका  राजकुमार भोलि नेपाल आउने भएका छन् । 

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भने मन्त्री खड्काले  नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने भएको छ ।