समाचार

पाकिस्तानमा भएको पीएटीएस प्रतियोगितामा स्वर्ण जितेका सैनिकहरूलाई सम्मान

By खबरहब

March 13, 2022

काठमाडौँ– पाकिस्तानमा भएको पाँचौ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट (पीएटीएस) प्रतियोगिता २०२२ मा स्वर्ण पदक जितेका नेपाली सैनिकहरूलाई सम्मान गरिएको छ ।

आज जंगी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले स्वर्ण पटक जित्न सफल सैनिकहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ तथा प्रशंसा–पत्र प्रदान गरेका हुन् ।

प्रतियोगितामा नेपाली सैनिकहरूले हतियार तथा इक्युप्मेन्टसहित न्यूनतम ३५ किलो वजन बोकेर उच्चस्तरको साहसिक सहिष्णुता, अब्बल सैनिक कला तथा निर्णायक क्षमताको प्रदर्शन गरेका थिए ।

पाकिस्तानको मरुभूमि तथा जंगल इलाका मिश्रित कठिन भूगोल भएको करिब ९ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इलाकामा यो प्रतियोगिता तीन दिन र तीन रातसम्म सञ्चालन भएको थियो ।

१६ राष्ट्रको सहभागिता रहेको प्रतियोगिता फागुन २३ देखि २५ गतेसम्म सञ्चालन भएको थियो ।

नेपाली सेनाले यस प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको हो ।