समाचार

शिक्षामन्त्रीले इन्जिनियरलाई भने– ‘जाँदा पिच भएको बाटो फर्किदा भत्किएको हुन्छ’

By खबरहब

March 13, 2022

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विकास निर्माणका काममा इन्जिनियरहरू गम्भीर बन्नुपर्ने बताएका छन् ।

आइतबार थापाथली इन्जिनियरिङ क्याम्पसको ५६ औँ वार्षिकोत्सवमा मन्त्री पौडेलले देश सुरुङमार्ग, लिफटिङ सिँचाइ, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै इन्जिनियरहरूलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

उनले जाँदा पिच भएको बाटो फर्किदा भत्किएको देखिने गरिएको भन्दै यस्तो परम्पराको अन्त्य गर्नु आवश्यक रहेको पनि बताए ।

मन्त्री पौडेलले देशका ८० प्रतिशत विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयले मातहतका क्याम्पसहरूको सवलीकरणमा ध्यान दिनुपर्ने पनि बताए ।