प्रवास

कतारमा कार चोरीको आरोपमा एक एसियाली नागरिक पक्राउ

By खबरहब

April 13, 2022

दोहा – कतारमा कार चोरी गरेको आरोपमा एक जना एसियाली नागरिक पक्राउ परेका छन् ।

कतारको अपराध अनुसन्धान विभागले देशका विभिन्न स्थानबाट कार चोरी गरेको आरोपमा उनलाई पक्रेको हो ।

‘कारहरूबाट सामान चोरी भएको रिपोर्ट पछि, एक विशेष टोली गठन गरिएको थियो, जसले उजुरीहरूको छानबिन गरी अभियुक्त फेला पारेको हो,’ विभागले भनेको छ । सोधपुछ पछि, एसियाली नागरिकता भएका ती व्यक्तिले बन्द वा राम्रोसँग लक नभएका कारहरूलाई लक्षित गरी चोरी गरेको स्वीकार गरेका छन् ।

यहाँको आन्तरिक मामिला मन्त्रालयले मानिसहरूलाई सवारी साधन र भित्रका सामानहरू सुरक्षित गर्न आवश्यक रोकथामका उपायहरू अपनाउन अपिल गरेको छ।

मन्त्रालयले आफ्नो सवारी साधनलाई राम्ररी लक गर्न, कारभित्र देखिने गरी सामानहरू नछोड्न, एकान्त ठाउँमा सवारी साधन पार्किङ नगर्न र कुनै पनि शंकास्पद गतिविधि भए हेल्पलाइन ९९९ मा रिपोर्ट गर्न सबैलाई आग्रह समेत गरेको छ।