तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

सामाजिक सञ्जालमा सेना प्रमुखलाई अपमान गर्ने इमरान खानका कार्यकर्ता पक्राउ

By खबरहब

April 13, 2022

काठमाडौं– पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाविरुद्ध अपमानजनक अभियान चलाएको आरोपमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) मा आबद्ध आठ जना सामाजिक सञ्जाल प्रयोगकर्तालाई पक्राउ गरिएको छ ।

सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा निशाना बनाएर जथाभावी लेखेको आरोपमा पाकिस्तानको संघीय अनुसन्धान निकाय (एफआईए) ले पञ्जाब प्रान्तका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको हो ।

संसद्‍मा विपक्षीले प्रधानमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव पारित भएपछि केही दिनअघि इमरान खान पदमुक्त भएका थिए । त्यसपछि जनरल बाजवाविरुद्धको अभियान ट्विटरमा शीर्ष ट्रेन्डिङमा परेको छ । 

एफआईएका अनुसार गुप्तचर निकायबाट सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध सामाजिक सञ्जालमा अभियानमा संलग्न ५० संदिग्धको सूची प्राप्त भएको र तीमध्ये आठजनालाई नियन्त्रणमा लिइएको हो ।