बैंक/वित्त

सेञ्चुरी बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

By खबरहब

April 13, 2022

काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पद (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।

आज (बुधबार) बसेको सञ्चालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी यस अघि सेञ्चुरी बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

काठमाडौँ विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका उनले बैंकिङ् क्षेत्रमा १९ वर्ष भन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी बैंक व्यवस्थापन, सञ्चालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्छन्।