तस्वीर- युट्युब/भीयू स्पोर्ट/स्क्रिनग्राब

क्रिकेट

नेपाल आर्मी प्रो क्लब च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलमा

By खबरहब

April 13, 2022

काठमाडौं- नेपाल आर्मी क्लब प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बुधबार भएको खेलमा नेपाल आर्मीले उत्तर प्रदेश क्लब ११ लाई ७ विकेटले पराजित गर्यो ।

यस जितसँगै नेपाल आर्मी समुह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । १ सय १५ रनको लक्ष्य नेपाल आर्मीले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

आर्मीका लागि रोहित पौडेलले ३० रन र भीम सार्कीले २६ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको उत्तर प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

उत्तर प्रदेशका लागि शुभम चौधरीले २७ रन र नितिन रामले २१ रन जोडे । नेपाल आर्मीका जितेन्द्र मुखिया, सुशन भारी र हरि चौहानले २–२ विकेट लिए भने शाहब आलमले १ विकेट लिए ।