तस्वीर- ९ टु ५ म्याक

अन्तर्राष्ट्रिय

लकडाउनका कारण चीनमा आईफोनको उत्पादन गर्ने कारखानाको काम ठप्प

By खबरहब

April 13, 2022

काठमाडौं– चीनमा कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै लागू गरिएको लकडाउनका कारण एप्पल कम्पनीको आइफोन उत्पादन गर्ने कारखाना बन्द गरिएको छ ।

एप्पलका लागि आइफोन बनाउँदै आएको ताइवानी कम्पनी पेगाट्रनले चीनमा रहेका आफ्ना दुई कारखानाको काम बन्द गर्ने घोषणा गरेको छ ।

बीबीसीले जनाएअनुसार यस कम्पनीले साङ्घाई शहर र नजिकैको कुनशानमा रहेका आफ्ना दुई कारखानाको काम केही समयका लागि बन्द गर्ने भएको हो ।

कम्पनीले सक्दो छिटो काम थाल्न समेत तयार रहेको जनाएको छ । यसअघि गत महिना आइफोनको जडान गर्दै आएको अर्को ताइवानी कम्पनी फक्सकनले पनि चीनको सेन्जेन शहरमा रहेको आफ्नो कारखानाको काम बन्द गरेको जनाएको थियो ।