तस्वीर- इकोनोमिक टाइम्स

अन्य

जम्मु कश्मीरमा खेलकुद गतिविधि बढ्यो

By खबरहब

April 13, 2022

काठमाडौं– भारतको जम्मु कश्मीरमा पछिल्लो समय खेलकुदले पुनरागमन गरेको छ । विश्वभर खेलकुद उद्योगले ठूलो फड्को मारिरहेका बेला भारत सरकारले पनि जम्मु कश्मीरमा खेलकुदका गतिविधिलाई तीव्र पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

‘खेलो इण्डिया’ कार्यक्रमअन्तर्गत सरकारले खेलकुदका पूर्वाधारको विकासलाई पनि तीव्रता दिएको छ । कार्यक्रमअन्तर्गत सरकारले खेलकुद तथा युवा क्लबको गठन, व्यावसायिक खेलकुद विज्ञको नियुक्ती, प्रतिभाशाली खेलाडीको छनौट लगायतका गतिविधिलाई तीव्र बनाएको जनाइएको छ ।

यसबाहेक सरकारले राजपत्र अंकित र राजपत्र अनकिंत गरी दुई वर्गका खेलाडीहरुको नियुक्ती गरी उनीहरुलाई रोजगारीको अवसर पनि दिइएको छ ।

हालै जम्मु कश्मीरका फुटबलर दानिश फरुखले भारतका तर्फबाट बहराइनविरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यु गरेका थिए । यसबाहेक हालसम्म जम्मु कश्मीरका ३० भन्दा धेरै फुटबलरले भारतको प्रतिनिधित्व गरिसकेका छन् ।

यसबाहेक हालै डिपिएस श्रीनगरले दौड प्रतियोगिताको आयोजना गरेको थियो । नसिमबाघ देखि निशान्तबाघ सम्मको दौड प्रतियोगितामा ४ सय भन्दा धेरै बालबालिकाको सहभागिता रहेको जनाइएको छ ।

यसबाहेक जम्मु कश्मीरमा हालैका दिनहरुमा स्की तालिम, ब्याडमिन्टन प्रतियोगिता, स्नोशु च्याम्पियन्सिप, शहिद अमन स्मारक क्रिकेट प्रतियोगिता लगायतका खेलकुद गतिविधि भएको एएनआईले जनाएको छ ।