तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

चीनद्वारा आफ्नो मुलुकका पाँच प्राध्यापकलाई सम्मेलनमा भाग लिन बन्देज

By खबरहब

April 13, 2022

काठमाडौं– चीनले आफ्नो मुलुकका कम्तीमा पनि पाँच प्राध्यापकहरुलाई एक कार्यक्रममा सहभागी हुन रोकेको खुलासा भएको छ ।

अमेरिकाको हवाई राज्यस्थित होनोलुलुको एसोसिएसन फर एसियन स्टडिज नामक संस्थाले आयोजना गरेको भर्चुअल सम्मेलनमा ५ चिनियाँ प्राध्यापकहरुलाई भाग लिन चीन सरकारले बन्देज लगाएको अमेरिकाको नेशनल पब्लिक रेडियो एनपीआरले जनाएको छ ।

यसबारे प्रत्यक्ष जानकारी राख्ने चार जनालाई उद्धृत गर्दै एनपीआरले जनाएअनुसार कोभिड महामारीका बेला लागू गरिएको नियमका

आधारमा चीन सरकारले उनीहरुलाई यस सम्मेलनमा भाग लिन बन्देज लगाएको जनाइएको छ । यस नियमअनुसार अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विश्वविद्यालयको अनुमति लिनुपर्ने प्रावधान छ ।