ब्रेकिङ स्टोरी

स्थानीय तह निर्वाचन : देशभर एकसाथ मतदान सुरु (लाइभ)

By खबरहब

May 13, 2022

काठमाडौं– स्थानीय तहको निर्वाचन–२०७९ को मतदान देशैभर सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार देशका ७ सय ५२ स्थानीय तहमा एकै चरणमा निर्वाचन सुरु भएको हो ।

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। यो दोस्रो स्थानीय निर्वाचन हो ।

निर्वाचनलाई लिएर सुरक्षा निकायको पनि सडकदेखि मतदान हुने स्थालसम्मै सक्रियता देखिन्छ। चुनावलाई व्यवस्थित बनाउन निर्वाचन हुने स्थानामा दुई दिन अघिदेखि नै तयारी सुरु भएको थियो। मतदान स्थललाई व्यवस्थित बनाउन सबै सुरक्षा निकायका साथै म्यादी प्रहरीहरु परिचालन भएका छन्।

७५३ स्थानीय तहमध्ये कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको एक वडामा भने उम्मेदवारको मृत्यु भएका कारण मतदान हुन नसकेको थपलियाको भनाइ छ । ती दुबै ठाउँमा आगामी जेठ ३ गते मतदानको समय तोकिएको छ।