मुख्य समाचार

एमाले नेता भट्टराईले तप्लेजुङ पुगेर गरे मतदान

By खबरहब

May 13, 2022

ताप्लेजुङ- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान गरेका छन्। ताप्लेजुङको मौवाखोला गाउँपालिका वडा नम्बर ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा पुगेर भट्टराईले मतदान गरेका हुन्।

उनले सूर्योदयसँगै पहिलो मतदान ताप्लेजुङमा गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले निर्वाचन लोकतन्त्रको मुटु भएकोसमेत उल्लेख गरेका छन्।

‘आज २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मेरो जन्म गाउँ ताप्लेजुङ् जिल्ला मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेको नारायणी माबि साँघुको मतदान केन्द्रमा मतदान गरियो’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन लोकतन्त्रको मूटु हो। नागरिकको सार्बभौम अधिकारको अभ्यास गर्ने संबैधानिक अधिकार हो। गौरवको क्षण।’