ब्रेकिङ स्टोरी

स्थानीय निर्वाचन : यसरी भइरहेको छ देशभर मतदान (लाइभ)

By खबरहब

May 13, 2022

काठमाडौं– देशभर स्थानीय तहको निर्वाचनको मतदान जारी भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बिहान ७ बजेदेखि देशभरका ७५३ स्थानीय तहमध्ये ७ सय ५२ स्थानीय तहमा एकसाथ मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।

मतदानको दिन सुरुमै केही शीर्ष नेताहरुले मतदान गरिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर मतदान गरेका छन् भने सभामुख अग्निप्रासद सापकोटाले सिन्धुपाल्चोक पुगेर मतदान गरेका छन् । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही पुगेर मतदान गरिसकेका छन् ।

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। यो दोस्रो स्थानीय निर्वाचन हो । केही दिनअघि उम्मेदवारको मृत्यु भएपछि एउटा स्थानीय तहमा भने मतदान हुन सकेन ।