मुख्य समाचार

पर्वतको मोदी गाउँपालिका पुगेर अध्यक्ष तिमिल्सिनाले गरे मतदान

By खबरहब

May 13, 2022

पर्वत- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका छन्।

उनले पशुपति केन्द्रबाट बिहान ७ बजेर ३० मिनेट जाँदा मतदान गरेका हुन्। स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडि आफ्नो गाउँ पुगेका थिए।

सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान भइराखेको छ।