मुख्य समाचार

मतदान गर्नुअघि बालेन शाहले भने- जित निश्चित छ

By खबरहब

May 13, 2022

काठमाडौं – काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन शाहले जित निश्चित भएको बताएका छन् । शुक्रबार काठमाडौंको तीनकुनेस्थित गौरीगाउँ मतदान केन्द्रमा पुगेका बालेनले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

र्यापर बालेन्द्र साह (बालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्दैैछन्।