फाइल फोटो

देश/प्रदेश

इमानदार, सक्षम र परिपक्व नेतृत्व चयन गर्न रवीन्द्र मिश्रको आग्रह

By खबरहब

May 13, 2022

काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले इमानदार, सक्षम र परिपक्व नेतृत्व चयन गर्न आग्रह गरेका छन् । नभए पाँच वर्ष आफैँले चयन गरेको नेतृत्त्वलाई गाली गर्दैमा बित्ने उनले बताए ।

एक मत स‌ंसारको सबैभन्दा शक्तिशाली बन्दुकभन्दा पनि शक्तिशाली हुने उनले सुनाए । भ्रष्टाचार र देशलाई घात गर्ने नेता मतदाताले गर्ने मतदानकै परिणाम भएको बताए ।

उनले भनेका छन्, ‘पुरानो सिक्रीमा बाँधिएर या क्षणिक हुरीमा बहकिएर मतदान गर्दा-गर्दा यो देश यस्तो भइसक्यो जहाँ, बिदेसिने मौका पाएको खण्डमा अपवादबाहेक कोही बस्नै चाहँदैन। झुट बोल्ने, भ्रष्टाचार गर्ने, परिचय नै लुकाउने, नातावाद-कृपावादमा लिप्त हुने, देशलाई घात गर्ने, सबै नेता हाम्रै मतदानका परिणाम हुन्। अब सोची विचारी, ‘शब्द र कर्म दुवैमा इमानदार, सक्षम, परिपक्व’ नेतृत्व चयन गरौँ ।’

मिश्र नेतृत्वको पार्टीले यसअघि २०७४ सालको  निर्वाचनमा पनि सहभागिता जनाएको थियो ।