स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु 

By खबरहब

May 13, 2022

पोखरा– स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

ग २ च ३०२६ नम्बरको पिकअप भ्यान दुर्घटनामा हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। गम्भीर घाइतेको अवस्था नाजुक भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

हाल उद्धार कार्य जारी रहेको र केही घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।

थप विवरण आउन बाँकी रहेको छ ।