ब्रेकिङ स्टोरी

रौतहटको यमुनामाईमा मतपेटिका लुटियो

By खबरहब

May 13, 2022

रौतहट- रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ ।

यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो ।मतदानका क्रममा विवाद उत्पन्न भएपछि केही स्थानीयहरुले मतपेटिका लुटेर लगेका हुन्।

मतदान सकिएपछि सिलबन्दी गर्ने क्रममा मतपेटिका लुटिएको प्रहरीले जनाएको छ।