समाचार

मनाङमा मतगणना सुरु

By खबरहब

May 13, 2022

लमजुङ– हिमाली जिल्ला मनाङका तीन स्थानीय तहमा मतगणना सुरु भएको छ । मनाङको चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना शुकवार राती नै हुने बताए ।

नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमति अनुसार अघि बढ्ने निर्णय भएको छ ।

कूल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ अर्थात् खसेको मतको ६३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मनाङको बिकट नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु गरिएको हो ।