समाचार

जसपाका सिंहले वीरगञ्जको मेयरमा जित्ने : एक्जिट पोल

By खबरहब

May 13, 2022

काठमाडौं । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मेयर पदमा सरकारमा सहभागी दलहरूको गठबन्धनले निर्वाचन जित्ने प्रक्षेपण गरिएको छ ।

फ्याक्ट नेपालले गरेको एक्जिट पोलले जनता समाजवादी पार्टीका राजेशमान सिंहले जित्ने प्रक्षेपण गरेको हो । सिंहले हालै नेकपा एमालेमा प्रवेश गरेका पूर्वमेयर विजय सरावगीलाई पराजित गर्ने देखिएको छ । सरावगी जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

त्यस्तै फ्याक्टले गरेको सर्वेमा उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले जित्ने प्रक्षेपण गरेको छ ।