फाइल तस्बिर

समाचार

आजको मौसम : यी पाँच प्रदेशमा हुँदैछ वर्षा

By खबरहब

July 13, 2022

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जसअनुसार आज चार प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

दिउँसो प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाकाअनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।