देश/प्रदेश

गिट्टी, बालुवा उत्खनन रोक्न अनुगमन गरिने

By खबरहब

July 13, 2022

जुम्ला – जुम्लामा गिट्टी, बालुवाको अवैध उत्खनन रोक्ने र नियमित अनुगमन गर्ने निर्णय भएको छ ।

जिल्ला समन्वय समितिको पाँचौँ जिल्ला सभाले गिट्टी, बालुवाको अवैध उत्खनन रोक्न नियमित अनुगमनको निर्णय गरेको हो ।

जिल्ला समन्वयन समितिका प्रमुख गौरीनन्द आचार्यले अब नियमित अनुगमन हुने बताए । सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरतासहित ११ वटा निर्णय गरेको छ।