तस्बिर : बीबीसी

खेलकुद

महिला युरो : स्पेनलाई हराउँदै जर्मनी क्वार्टरफाइनलमा

By खबरहब

July 13, 2022

काठमाडौँ – स्पेनलाई २-० गोलले पराजित गर्दै जर्मनी महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

मंगलबार राति भएको खेलमा जर्मनीको लागि क्लारा र पोपले समान एक-एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा शतप्रतिशत जितसहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ ।

समान खेलमा समान तीन अंक जोडेका स्पेन र डेनमार्क क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । फिनल्यान्डले भने दुई खेलमा अंक खाता खोल्न सकेको छैन ।

जर्मनी एक खेल अगावै क्वार्टरफाइनल प्रवेश गर्‍यो । स्पेन र डेनमार्कबीचको खेलले यस समूहबाट क्वार्टरफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुङ्गो लगाउनेछ ।