फाइल फोटो

समाचार

मतदाता नामावली अनलाइनबाटै दर्ता गर्न सकिने

By खबरहब

July 13, 2022

काठमाडौँ – निर्वाचन आयोगले आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

पाइलट अपरेसनका रुपमा आजदेखि काठमाडौं, ललितपुर र भक्तपुरबाट अनलाइनमार्फत् नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोगले एक विज्ञप्तिमार्फत जनाएको छ ।

फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्लामा सेवा सुरु गरिएको हो । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न सक्नेछन् ।

अनलाइन फाराम फरिसकेपछि भने संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य कागजात लिएर फोटो खिच्न र औँठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्नेछ ।