फाइल फोटो

आर्थिक

गभर्नर अधिकारीमाथि छानबिन गर्न माग

By खबरहब

July 13, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैंकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आबद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरिन् ।

उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुवै पक्षलाई कारबाही गर्न माग गरेकी छन्। एमालेको पछिल्लो अन्तर पार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ ।

एमाले सांसदहरुले भने अर्थमन्त्रालयले बजेटमार्फत गरेको नीतिगत भ्रष्ट्राचारलाई लुकाउन गभर्नरमाथि प्रहार गर्ने कोसिस सत्तारुढ दलहरुले गरिरहेको बताएको छ।