फोटो : हिन्दोस्तान टाइम्स 

बलिउड/हलिउड

सुशान्त प्रकरण : रिया र भाइसँगै ३५ विरुद्ध उजुरी

By खबरहब

July 13, 2022

काठमाडौँ- बलिउड अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो लागूऔषध विषयमा छानबिन गरिरहेको छ । यो मामिलामा अब एनसीबीले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, भाइ शोविक चक्रवर्ती सहित ३५ आरोपीविरुद्ध अदालतमा आरोप पत्र दायर गर्दै आरोपी बनाएको छ । यी सबै विरुद्ध सुशान्तको लागि लागूऔषध खरिद गर्ने र आपूर्ति गर्ने आरोप लगाइएको छ ।

आरोपीले मुम्बई क्षेत्रमा गाँजा, चरेस, कोकिन र अन्य नशालु पदार्थको सेवन गरेको एनसीबीले अभियोग पत्रमा खुलाएको छ। उनीहरूसँग अवैध ट्राफिकिङ र अपराधीलाई शरण दिने, अपराधको प्रयास गर्ने र अपराध गर्न उक्साउने मुद्दामा समेत आरोप पत्र दायर गरिएको हो ।

आरोपमा दोषी पाइए उनलाई १० वर्षको सजाय हुने जनाइएको छ । आगामी जुलाई २७ मा एनसीबीको उजुरीमाथि सुनुवाइ हुँदैछ ।