बलिउड/हलिउड

बलिउडमा साउथका टारहरू 

By खबरहब

July 13, 2022

काठमाडौँ– केही समय यता इन्डिया भर प्रदर्शनमा आउने फिल्म निर्माण गर्न थलिएको छ । बलिउड, दक्षिणी भारतीय फिल्म अन्तर्गतका उद्योगहरू तामिल, तेलुगु, कन्नडा, मलयालम, मराठी, भोजपुरी लगायतका सम्पूर्ण उद्योगलाई हुने बनाउन प्रोडक्सन कम्पनीहरू तयार छन् । साउथ इन्डियामा बन्ने फिल्महरूमा बलिउडका कलाकारहरूको उपस्थिति केही समय यता बढ्दो छ । ठुलो मनोरञ्जन उद्योग मानिने बलिउड पछिल्लो समय आफ्नै देशको प्रान्तीय फिल्म मार्फत डोमिनेट भइरहेको छ । 

यद्यपि अब बलिउडले पनि साउथका स्टारहरुलाई आफ्नो फिल्ममा ल्याउन थालेको छ । केही पहिला नै राम चरणलाई बलिउडमा नल्याएको होइन । तर , हिन्दीमा उनी चलेनन् । तर, अहिले साउथका कलाकारहरुको क्रेज बढिरहेको छ । बलिउडमा आउन लागेकी कलाकार हुन् रश्मिका मन्दना । साउथ इन्डियन फिल्ममा ‘सुन्दरी’ को ट्याग पाएकी रश्मिकाको फ्यान नर्थमा पनि उस्तै छन् । 

नेशनल क्रसको रुपमा चर्चा समेत आएकी रश्मिकाले लगातार तीन बलिउडको फिल्ममा काम गरेकी छिन् । सिद्धार्थ मल्होत्रासँगको ‘मिसन मज्नु’ मार्फत बलिउडमा डेब्यु गर्ने तयारी गरिरहेकी रश्मिकाले त्यसपछि अमिताभ बच्चनसँग ‘गुडबाई’ मा काम गरिसकेकी छिन् भने रनवीर कपूरसँग ‘एनिमल’ मा काम गरिरहेकी छिन् ।

फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनिन् । उनले कट्रिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा रहन सफल भइन् । हिन्दी भाषामा निर्माण भएको वेब सिरिज ‘द फ्यामिली म्यान’ को दोस्रो सिजनमा देखा परेपछि उनलाई बलिउडको धेरै अफर गयो । 

बलिउडमा फिल्ममा अभिनय गराउन अफर लिएर पुगेका आधिकांश निर्मातालाई ‘ओके’ नभनेकी सामन्थाले अब भने बलिउडमा डेब्यु गर्ने सोच बनाएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सामन्थाले आयुश्मान खुरानासँग आफ्नो पहिलो बलिउड फिल्म साइन गरेकी हुन् । स्क्रिप्ट मन परेपछि ‘ओके’ भनेकी सामन्थाको फिल्मको छायांकन यसैवर्षको अन्त्यमा हुने जनाएको छ । यसका साथै उनले अर्को हिन्दी फिल्म समेत साइन गरेकी छिन् । दोस्रो फिल्म पौराणिक महाकाव्यमा आधारित रहेको र त्यसको सुटिङ २०२३ मा सुरु हुने उल्लेख छ ।

साउथका कलाकार विजय सेतुपति आफ्नो भूमिकालाई जीवन्त बनाउने गर्छन । यिनै विजयले शाहरुख खान अभिनीत फिल्म ‘जवान’ मा काम गर्ने भएका छन् । पछिल्लो समय फिल्म ‘बिक्रम’ मा देखिएका विजयले साउथ इन्डियन निर्देशक एटलीले निर्देशन गरिरहेको ‘जवान’ मा काम गरिरहेका छन् । फिल्ममा साउथमा लेडी सुपरस्टार भनिने नयनताराले पनि काम गरेकी छिन् ।

अभिनेता नागार्जुनका छोरा नागा चैतन्य पनि बलिउडमा डेब्यु गर्दैछन् । चैतन्य आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा एक महत्वपूर्ण भूमिका मार्फत बलिउड डेब्यु गर्न लागेका हुन् । स्वयम् नागार्जुन १९ वर्षपछि ‘ब्रह्मास्त्र’ मार्फत हिन्दी फिल्ममा देखिँदैछन् । सयभन्दा बढी फिल्ममा काम गरिसकेका उनी पछिल्लो समय २००३ मा आएको फिल्म ‘एलओसी कारगिल’ मा देखिएका थिए ।

अभिनेता दग्गुबाती वेन्कटेश २७ वर्षपछि सलमान खान अभिनीत फिल्म ‘कभी ईद कभी दिवाली’ मार्फत बलिउड फिल्ममा फर्किएका छन् । अभिनेताले यसअघि १९९३ मा रिलिज भएको फिल्म ‘अनाडी’ मा अभिनय गरेका थिए ।