फोटो स्रोत : राष्ट्रिय समाचार समिति

ब्रेकिङ स्टोरी

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी

By खबरहब

July 13, 2022

काठमाडौँ– काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगलागी भएको छ । प्रहरीका अनुसार आज अपराह्न ह्वील चेयरको गोदाममा आगलागी भएको हो ।

अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिए ।