देश/प्रदेश

बढ्दै कोरोना संक्रमण, एकै दिन २०६ जनामा संक्रमण पुष्टि

By खबरहब

July 13, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय १० जना निको भएका छन् ।

हाल नेपालमा १ हजार ५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।